![]() |
Dharmendra Karna |
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिमा सदस्य धर्मेन्द्र कर्ण पत्रकारको हकहितको आवाज उठाउने संस्थासंग आबद्ध भइसक्दा आफ्नै अधिकार खोज्दै हिडेका छन् । आफूलाई किन हटाइयो उनी यही थाहा पाउन सकेका छैनन् । धर्मेन्द्र कर्णसंग नेपालवानको नियुक्ति पनि छैन । जसले गर्दा उनी कानुनी रुपमा समेत कमजोर भएका छन् । भारतीय दलाल नेपाल वान टेलिभिजनको रणनीति नै छ । नियुक्ति नै नदिने । दिए पनि राजीनामा पहिल्यै माग्ने । यसले गर्दा धर्मेन्द्र कर्णजस्ता श्रमजीवी कुनैपनि बेला आउट गर्न सक्छिन् नेपाल वानकी नलिनी । श्रमजीवीको चरम शोषण हुने नेपाल वानमा जो कोहीलाई जुनबेला पनि नलिनीले गेट आउट गर्न सक्छिन् । धर्मेन्द्र कर्णको घटना एउटा उदाहरण मात्र हो ।
नेपाल वान काठमाडौंका तत्कालीन प्रमुख अजय ठाकुरबाट नियक्ति पाएका थिए धर्मेन्द्रले । पछि त्यो नियुक्ति पत्र नवीकरण गरिएन । जसले गर्दा कानुनी रुपमा उनी आधार विहीन भएका छन् ।
पछुताउंदै धर्मेन्द्र
एकीकृत नेकपा माओवादीका बरिष्ठ नेताहरुको निर्देशनमा सचालित एबीसी टेलिभिजनमा कार्यरत रहेको अबस्थामा धर्मेन्द्र कर्ण नेपाल वान छिरेका थिए । अनिल कर्णले उनलाई नेपाल वान छिर्नमा सघाएका थिए । तर पछि अनिल कर्ण र धर्मेन्द्र कर्णबीच पानी बराबरको स्थिति आएको थियो । एकीकृत नेकपा माओवादीको भातृ संगठन क्रान्तिकारी पत्रकार संघमा आबद्ध धर्मेन्द्र एचबीसी एफ.एममा हडताल गराउने प्रमुख योजनाकार थिए । तर नेपालवानमा न्युजचिफबाट हटाइदा पनि उनी किन चुपचाप बसेका छन् त्यो रहस्य बनेको छ । संस्थागत रुपमै धर्मेन्द्र कर्णले नेपाल वानमाथि प्रहार गर्ने योजना बनाएका छन् । धर्मेन्द्रले नेपाल वानको आधिकारिताको मुद्दा उठाउने भएका छन् । अनधिकृत रुपमा नेपालमा संचालित रहेको नेपाल वानमाथि उनी कति भारी पर्छन् त्यो हेर्न बांकी छ ।
No comments:
Post a Comment
तपाईं आफ्नो विचार राख्न चाहनु हुन्छ ?