उन लोगोंको बोल दो काम नहि करना है तो मत करे, मैं स्यालरी नहीं बढाउंगी — नलिनी सिंह ।
नलिनीले अगाडि भनी — मैं अभी बहुत ज्यादा पैसे नेपाल भेज रही हुं, अभीतक इतना पैसा नेपाल नहीं भेजती थी ।
भारतीय टेलिभिजन नेपाल वानको काठमाडौं ब्युरोमा काम गर्नेहरुका लागि नयाँ वर्ष फिक्का हुने भएको छ । सन् २०१० मा तलब बढने आशा राखेका केही मिहेनती कर्मचारी निराश भएका छन । सन् २०१० को फस्ट जनवरीमा स्यालरी बढेको खुशीयाली मनाउन सोचेका उनीहरुको विजोग नै भएछ ।
काठमाडौं ब्युरो अफिसमा कार्यरत केही कर्मचारीको तलब बढाइदिने आवाज दिल्ली सम्म पुगेपनि दिल्लीबाट जारी भएको उर्दीले कर्मचारीको नयाँ वर्षको उत्साहमा तुषारापात भएको छ । काठमाडौं ब्युरो अफिसमा कार्यरत कर्मचारीले जागिर छाड्ने धम्कीसहित तलब बृद्धिको माग राखेका थिए, तर उनीहरुको धम्कीले च्यानल संचालक नलिनीलाई कुनै असर भएनछ । तलब बृद्धि नहुने भएपछि ती कर्मचारीलाई अब सन जनवरी २०१० को हैन सन् २०११ को पर्खाइ छ ।
अजय ठाकुर आउट भएपछि आलोक दास नेपालमा ब्युरो चिफ भएर आए । नयाँ ब्युरो चिफ आउने वितिकै काठमाडौं अफिसका कर्मचारी राहतको सांस लिदै (किन ?) स्यालरी बढाउन आवाज बुलन्द गर्न थाले । नयाँ चिफलाई थर्काएर भएपनि तलब बढला कि भनेर सोच्नेहरु गुटबन्दी गर्न थाले । यसै त्रममा च्यानल संचालिका नलिनी सिंहसम्म तलबबृद्धिको गुहार पुग्यो । नलिनीले एक जना नेपाली कर्मचारीकै माध्यमले मागकर्ता कर्मचारीलाई भन्नलगाईन् कि तलब कुनै हालतमा बढने छैन ।
उन लोगोंको बोल दो काम नहि करना है तो मत करे, मैं स्यालरी नहीं बढाउंगी — नलिनी सिंह ।
नलिनीले अगाडि भनी — मैं अभी बहुत ज्यादा पैसे नेपाल भेज रही हुं, अभीतक इतना पैसा नेपाल नहीं भेजती थी ।
नलिनीको यस्तो जवाफ पाएर नेपालका कर्मचारी आउँदो १ वर्षसम्म तलब नबढनेमा ढुक्क भएका छन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
तपाईं आफ्नो विचार राख्न चाहनु हुन्छ ?