नेपाल वानका न्युज चिफ आदर्श आउट


नेपाल वान टेलिभिजनका न्युज चिफ आदर्श पाण्डे निकालिएका छन । नेपाल वान टेलिभिजनको संचालिका नलिनी सिंहको निकै नजिक मानिएका आदर्श पाण्डे निकालिए पछि कर्मचारीहरु चकित नै भएका छन । 
नलिनीको दाहिने हात बनेका पाण्डे आफ्नो चाप्लुसी प्रवृत्तिकै कारण नेपाल वानमा अहिले सम्म बढी समयसम्म टिक्ने न्युज चिफ भएका छन् । नलिनीलाई कर्मचारीहरुको चुगली सुनाउँदै नजिकिएका आदर्शको चाप्लुसीको भण्डाफोर हुन थाले पछि उनी निकालिएका हुन् ।
हुन त आदर्श नलिनीको छोरो भएजस्तै गरी काम गरेको स्वांग गर्थे तर वास्तविकता बिल्कुलै फरक थियो ।
अमित सिन्हा, किशोर मालवीय, नकवी जस्ता योग्य र अनुभवी पत्रकारहरु नेपाल वानको दिल्लीमा न्युज चिफ भएर टिक्न सकेका थिएनन्, तर आदर्श ती सबैभन्दा लो प्रोफाइल भए पनि झण्डै तीन वर्ष नै टिके मात्र चाप्लुसवाज भएकाले ।
आदर्श पाण्डेको मासिक तलब नै नलिनीका लागि टाउको दुखाई भएको थियो । नेपालमा विगतमा तीव्ररुपमा राजनीतिक परिवर्तन भएका छन, ती घटनाहरुको नेपाल वानको कभरेज उत्कृष्ट भएको भन्दै आदर्शले नलिनीसंग आफ्नो रवाफ बढाउँथे । नेपालका ठूला समाचारको ब्रेकिंग नेपाल वानले नै सबैभन्दा पहिला चलाउने गरेको आदर्शको ब्रिफिंग सुनेर नलिनी दंग पर्थी र आदर्शलाई स्यावासी स्वरुप कतिपटक तलब समेत बढाइ दिएकी थिइ ।
आदर्शको तलब नेपालका कर्मचारीमाझ चर्चाको विषय नै बन्ने गरेको छ । मिहेनत गर्ने आम कर्मचारी तर त्यसको फल खाने आदर्शहरु ।
अब आदर्श आउट भएपछि नेपाल वानमा कम तलबमा पेलिइरहेका कर्मचारीको मुखमा आनन्दको क्षणिक छटा देखिएको छ । समाचार राम्रो भए त्यसको जस आफू लिने र केही गल्ती भए नेपाली कामदारलाई दोष लगाउने आदर्शको बानी थियो ।
आदर्श पाण्डे ई टि भी र इण्डिया न्युज हुंदै नेपाल वान छिरेका थिए । उनी इण्डिया न्युजमा जुनियर प्यानल प्रोडयुसर भए पनि आफूलाई समाचारको विज्ञ नै  भन्थें । नेपालबारे पटक्कै जानकारी नभए पनि सबै थोक बुझेको घुर्की लगाउने पाण्डेको बानीले उनी न्युज रुममा नाटकको पात्र झैं देखिने गरेको नेपाल वानका कर्मचारीहरु बताउँछन ।
आदर्श निकालिए पछि अब तत्काल नलिनीले कुनै न्युज चिफ भने राख्ने मुडमा छैनन् । किनभने सरताज अनवर र कन्त शरण आदर्शको काम गराइ हेर्दा हेर्दै सिस्टम सिकिसकेका छन । कम तलबमा काम गरिरहेका यी दुबै जना मध्ये आदर्शको स्थानमा को बस्ने हुन हेर्न बाँकी छ ।

1 comment:

  1. हेलो प्रवत्तmा जी , तपाईंले आदर्शको र नलिनीको फोटोलाई बडो गजब तरिकाले मिलाउनुभएको रहेछ । यो तस्वीर हेर्दा आदर्श नलिनीकै बाट निस्किएको सन्तान त होइन भनेर सोच आयो । आदर्शलाई हामीले सि पी भन्ने गरेका छौं तपाईंलाई थाहा नहोला । सिपीको मतलब चुतिया पाण्डे । आदर्शलाई हामीले बोलाउने नाम नै सि पी हो । हुन त दिल्लीमा सिपी भन्नाले क्नाट प्लेस र सेन्ट«ल पार्कलाई पनि बुझिन्छ तर हाम्रो कोड वर्डमा पाण्डे चुतिया पाण्डे हुन । उसका बारेमा यस ब्लगमा खासै लेखिएको छैन, पाण्डेको करामत त उससंग काम गरेका हामी जस्ता कर्मचारी थाहा छ प्रवत्तmा जी । अब एउटा चाप्लुस गए पछि अब त्यो भन्दा बढी चाप्लुसहरुको जन्म भइरहेको यहाँलाई जानकारी गराउन चाहन्छौ । तर सबैको एक दिन आदर्श जस्तै विदाई गर्छिन नलिनी राक्षस्नीले ।
    । तर सबैको एक दिन आदर्श जस्तै विदाई गर्छिन नलिनी राक्षस्नीले ।
    तपाईंको मित्र
    अनाम

    ReplyDelete

तपाईं आफ्नो विचार राख्न चाहनु हुन्छ ?