इण्डियन नेपालीमाथि भरोसा ?

नेपाली कर्मचारीले नलिनीको दुव्र्यवहार सहन नसकी नलिनीमाथि थुक्दै च्यानल छोडन थालेपछि दार्जलिंग, सिक्किम, मणिपालका भारतीय नेपालीभाषीहरुको वर्चस्व बढेको थियो नेपाल वानमा । नेपालमा नकारात्मक सन्देश प्रवाह गर्न नेपाली पत्रकार तथा प्रोडयुसर असल हतियार नबनेपछि नलिनीले भारतीय नागरिकलाई नै बढी स्पेस दिन थालेकी छन् ।
नेपालको राजनीति र सामाजिक यथार्थ पटक्कै नबुझेकाहरुलाई समाचारवाचक बनाउदा नलिनीलाई आफू खुशी बोल्न लगाउन सजिलो भएको छ नाम नबताउने सर्तमा एक कर्मचारीले भने । त्यस्ता कर्मचारी नेपाली वर्णको शुद्ध उच्चारण समेत गर्न सक्दैनन्, तर पनि उनीहरुलाई नै स्यावासी दिइन्छ, तलब बढाइन्छ , कारण हो उनीहरु भारतीय छन् ती पीडित कर्मचारीको गुनासो । राम्ररी बोल्न नै नजान्नेहरुको पर्फर्मेन्स थाहा हुंदा पनि नलिनी स्यावासी दिन्छिन् उनीहरुलाई । सुगा जस्तै जे छ त्यही बोल्ने एंकर चाहिन्छ नेपाल वानलाई । समाचारले नेपालमा दुष्प्रभाव पारे पारोस् उनीहरुलाई के मतलब ? भारतीय मनसाय लाद्ने समाचार नेपालीबाट बनाउन लगाउने पढ्न लगाउने काम गाह्रो साबित भइसकेको छ नेपाल वानलाई । नेपालीको स्थानमा भारतीयलाई भर्ना गर्ने रणनीति लिनु पछाडि यस्तै कारणहरु छन् । जनशक्ति अभाव हुंदा नेपाली नागरिक होइन नेपाली भाषी भारतीय नागरिक रोजाइमा पर्ने गरेका छन् ।

No comments:

Post a Comment

तपाईं आफ्नो विचार राख्न चाहनु हुन्छ ?