वरिष्ठहरु पनि बाइ बाइ गर्दै

कैप्शन जोड़ें
नेपाल वानका केही अनुभवी र दक्ष समाचारदाता टेलिभिजनलाई लत्याउंदै नयां जीवन शुरु गरेका छन् ।
कर्मचारीलाई कुकुर नै ठान्ने नेपाल वान सञ्चालिका नलिनी सिंहको व्यवहारले वाक्क भएका नेपाल वानको दिल्लीस्थित हेड अफिसका कर्मचारीले बाइबाइ गरेका हुन् ।


Ranjana khawas
नेपालवानको प्राइम टाइम समाचार वाचक तथा नलिनीको विश्वास पात्र मानिएका महेन्द्र थापाले च्यानल छोडेका छन् । विगत तीन वर्षदेखि उनी सात बजे र दसबजेको समाचारवाचन गर्दैआएका थिए । दार्जिलिंग  निवासी थापा टेलिभिजनको स्थापनाकाल देखि नै कार्यरत रहेको बताइन्छ । वरिष्ठ समाचारवाचक महेन्द्र थापा नेपाल वानका पूराना कर्मचारी मध्येका एक हुन् । नेपाल वान दिल्लीमा कार्यरत रहंदा चिरञ्जिवी देवकोटा, राजेन्द्र खनाल, दिव्यज्योति लगायत आठ जना कर्मचारीले सामूहिक राजिनामा दिएपछि समाचार वाचकको खडेरी नै भएको थियो ।
Yadop Adhikari
त्यसैबेला नलिनीले प्रोडक्सनमा कार्यरत महेन्द्रलाई समाचारवाचक बनाएका थिए । वजनदार आवाजका धनी महेन्द्र समाचार वाचन वाहेक खोजतलास जस्ता कार्यक्रममा पनि एंकरिंग गर्नेगर्दथे । मिलनसार स्वभावका उनी कर्मचारीसंग निक्के मिल्दथे अरे । महेन्द्रको गमन नलिनी र च्यानलका लागि ठूलो झड्का नै हो । महेन्द्र बाहिरिए पछि अन्य कर्मचारीको मनोबल पनि गिरेको छ नेपाल वानमा । झण्डै सात आठ वर्ष काम गरेकाहरु यसरी छोडनु परेको छ भने हाम्रो के होला ? यही सोच्दैछन् नेपालवानका नव प्रवेशीहरु ।


त्यसैगरी महेन्द्र थापासंगै नेपाल वान ज्वाइन गरेका कर्मचारी कोही पनि छैनन् अब नेपाल वानमा । टेलिभिजन शुरुवात नहुंदै ज्वाइन गरेकी अन्तर्राष्ट्रिय समाचार वाचक रञ्जना खवास यसअघि नै च्यानल छोडिसकेकी छन् । उनी पछि अन्तर्राष्ट्रिय समाचार वाचकका रुपमा यादप अधिकारी भर्ती भएका थिए । यादप पनि महेन्द्रसंगै नेपाल वान त्यागेका छन् । अधिकारी अन्तर्राष्ट्रिय समाचार डेस्कका संयोजक समेत थिए ।

No comments:

Post a Comment

तपाईं आफ्नो विचार राख्न चाहनु हुन्छ ?