तलबको तलतल

नेपाल वान काठमाडौं ब्युरोमा काम गर्नेहरुको औसत तलब १२ हजार । 
अनिलले ल्याएका जनशत्तिको तलब अन्य भन्दा थोरै बढी ।
नेपाल वानको पछिल्लो आन्दोलन पछि पनि नेपाल वानमै नलिनीको गाली सहेर बसिरहेका काठमाडौंका केही कर्मचारीको तलब भने पछिल्लो पटक बढेको छ । नलिनी सिँहले आन्दोलन पछि पनि फर्किएका कर्मचारीको तलब बढाएपनि अन्यको तलब कुनै हालतमा नबढाउने अडान लिएकी छन । नलिनीले काठमाडौं ब्युरो अफिस सन्चालनका लागि नेपालमा पठाउने मासिक खर्च अहिले सम्मकै बढी भएको भन्दै नयाँ कर्मचारीको तलब नबढाउने बताएकी छन ।
तलब बृद्धिको माग गरिरहेकालाई नलिनीले स्पष्ट रुपमा भनेकी छनकाम करना है तो करो, नहि तो काम छोड दो ।
हुन त नलिनीले नेपाल वान खोले यता कर्मचारीको तबल घटाउँदै गइरहेकी छन । पहिले रिपोर्टरको तलब २० देखि २५ हजारसम्म थियो भने अहिले ६ देखि १२ हजार  । नेपालमा महँगी बढे पनि नेपाल वानले कर्मचारीको तलब अझ घटाउंदै जानु शोषणको पराकाष्ठा नभइ के हो ? 
काठमाडौंमा समाचार र कार्यत्रmम समेत गरिरहेका पत्रकार टी भी स्त्रिmनमा आउने लोभले पारिश्रमिकमा सम्झौता गरिरहेका छन । टि भी स्त्रिmनमा देखिनका लागि पनि उनीहरु तलब बढाउने माग गर्दैनन् — एक जना कर्मचारीले भने । चिया र चासो जस्ता कार्यत्रmम शुरु भएपछि स्त्रिmनमा देखिन चाहने केही कर्मचारी तलबका लागि पटक्कै बोल्न नचाहंदा तलब बृद्धिको माग गर्नेहरु एक्लिएका छन ।

तपाईंले यी पोष्टहरु पढनु भएको छ ?
पढ्नका लागि शीर्षकमा क्लिक गर्नुहोस् .

नेपाली राजनीतिलाई यसरी नचाउदैछिन नलिनी 

को हुन् नलिनी सिंह ? 

नेपाल वान किन खोलिएको हो ? 

नेपाल वान चलाउन भारतको चार करोड 


 

 

No comments:

Post a Comment

तपाईं आफ्नो विचार राख्न चाहनु हुन्छ ?