टिआरपीका हिसाबले निकै पछाडि रहेको नेपाल वानका निकम्मा कर्मचारीलाई नलिनीले साइजमा ल्याउन निकै कसरत गरिरहेकी छन् । त्यसैले त १ घण्टामै ५ वटा रिपोर्ट बनाएर ल्याउन लगाएकी छिन् उनी ।
अनिल कर्ण, नरेश रावल र अनन्त अनुरागलगायतका केही कर्मचारी खासै काम नगरेको रिपोर्ट नलिनीलाई प्राप्त भएपछि यिनीको बैण्ड नै बजाएकी छन् उनीहरुको । यी कर्मचारीहरु कामचोर भएको भन्दै नलिनीले आफै यिनीहरुलाई १ घण्टामे मुझे पांच रिपोर्ट चाहिए भन्दै थर्काएकी थिइन् ।यी कर्मचारीहरु गुटबन्दी गरिरहेको र टेलिभिजन कार्यक्रमलाई समेत मांगी खाने भा“डो बनाएको गुनासो नलिनीसम्म पुगेको छ । नलिनीलाई कुनै कर्मचारी मन नपरेमा काम छोड दो भन्दिन, यति पेलेरै काम लिन्छिन् कि उ आफै भाग्छ । यिनीहरुमाथि पनि यही प्रयोग अपनाइएको थियो नेपाल वानका एक कर्मचारी भन्छन् । तर कांही कतै काम नपाउने हैसियतका यिनीहरु कसरी छोडून्, अन्त कतै ठाउं पनि पाउनु परयो नि ?
No comments:
Post a Comment
तपाईं आफ्नो विचार राख्न चाहनु हुन्छ ?