अनिल आउट

भारतीय टेलिभिजन नेपाल वानबाट अनिल कर्ण निकालिएका छन् । कर्ण अन्तरवार्ता कार्यक्रम संचालन गर्दैैै आएका थिए । समाचार प्रमुख धर्मेन्द्र कर्णलाई अपहरण गराई निष्काशन गरेको ६ महिना नबित्दै अनिललाई टीभीलाइभकी संचालिका नलिनी सिंहले हटाएकी छन् । यसअघि धर्मेन्द्र कर्णलाई नलिनीले अपहरण गराएकी थिइन् । पछि धर्मेन्द्रलाई अफिस आउन नै रोक लगाइएको थियो । धर्मेन्द्र कर्णको निष्काशनमा अहम् भूमिका खेलेका अनिल कर्णले धर्मेन्द्रको बहिर्गमन पछि आफ्नो कुर्सी सुरक्षित हुने ठानेका थिए, तर स्थिति त्यसको ठीक विपरीत भएको छ ।
नेपाल वान काठमाण्डूमा अजय ठाकुर प्रमुख रहेका बेला अनिल कर्ण नेपाल वान छिरेका थिए । चाप्लुसी गर्दै अजयका नजिक भएका यिनले धर्मेन्द्र कर्णलाई पनि एबीसीको जागिर छोड्न लगाइ नेपाल वानमा बोलाएका थिए । जबकि पछि धर्मेन्द्रका लागि अनिल नै का“डा बने । नेपाल वानमा विभिन्न कार्यक्रममा अन्तर्वार्ता गर्ने अनिल, संचालिका नलिनी सिंहले मन नपराउने प्रमुख पात्र बनेका छन् । भनिन्छ अनिल कर्णका हरेक कर्तुतबारे नलिनीलाई काठमाडौंबाट रिपोर्टिंग भइरहंदा उनको निष्काशन भएको हो ।
 
पैसा देउ गेस्ट बन
पत्रकारितालाई आफ्नो व्यापार ठान्ने अनिल कर्णले पेड इन्टरभ्यु नै गरिरहेको जानकारी समेत नेपाल वानको दिल्ली कार्यालयसम्म पुगेको बताइन्छ । पेड इन्टरभ्यु भनेको पैसा लिएर गेस्ट बनाउने काम गर्नु हो । अन्तर्वार्ताका लागि बोलाइएका अतिथिको व्यक्तित्व, उसको राजनीतिक आस्था, पार्टी आदिको प्रचार गर्ने, प्रोपगाण्डा फैलाउने कामका लागि यिनले पेड इन्टरभ्यु गरेको खबर धेरै दिन लुक्न सकेन ।
पैसा लिएर समाचार बनाउने, बंग्याउने जस्ता काममा अनिल पोख्त मानिन्छन् । अनिलको इन्टरभ्यु कार्यक्रममा एउटै व्यक्ति महिनै पिच्छे दोहोरिने गरेको सामान्य बनेको थियो । अतिथिलाई बढी भन्दा बढी एक्सपोजर दिनका लागि पहिल्यै योजना बन्थ्यो । नेपाल वानका एक संचारकर्मीले भने – गेस्ट उसैलाई बनाइन्थ्यो जो अनिलको गोजी तताउन सकून्, सांझ कुनै होटेलमा उसको खर्चा ब्यहोर्न सकून् । परेको बेलामा उसलाई पैसा दिन सकून् । 
अनिलसंगै काम गरेकाहरु भन्छन् नेपाल वानमा अन्तर्वार्ताकारका रुपमा मात्र सिमित रहंदा अनिललाई उकुस मुकुस भएको थियो । किनभने कतिपय समाचार अनिलले चाहे जस्तो गरी प्रसारण हुंदैनथ्यो । या उनको सम्पर्क, स्रोत व्यक्तिको स्वार्थ पुरा हुदैनथ्यो । अनिल समाचारबाट बिलकुल अलग रहेर काम गर्दा समाचारमा छिर्नका लागि नानाथरी प्रपञ्च गरे । समाचारमा सानो गल्ती हुंदा दिल्लीसम्म खबर पुरयाउंथे । कुनै समाचार कभरेज भएन भने दिल्ली अफिसका समाचार प्रमुख वा सिधा नलिनी सिंहलाई जानकारी गराउ“थे । यसले गर्दा अनिल आफ्नो इमेज बनाउन चाहन्थे भने समाचारमा कार्यरत व्यक्तिलाई लुरे साबित गर्न खोज्थे । त्यसकै प्रतिफलमा अनिलले केही समय विहानको समाचारको सिफट इन्चार्ज भएर काम पनि गर्न भ्याए । तर केही दिनमै नलिनीले अर्को मान्छे त्यस स्थानमा नियुक्त गरेपछि यिनको स्थान खोसियो ।
 
प्लेब्वाइ की पत्रकार ?
अनिलको व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउने निकै ठाउ“ छन् । नेपाल वान निकट स्रोतका अनुसार चरित्रका मामिलामा अनिल प्ले ब्वाइ छन्, जसले केटीलाई एउटा खेलौनाका रुपमा मात्र लिन्छ । पत्रकारितामा छिर्दादेखि नै अनिल स्त्रीलम्पटका रुपमा छवि बनाएका छन् । एकजना अनुभवी पत्रकार भन्छन्– अनिल कस्तो मान्छे हो थाहा पाउन बर्दीबासको कुनै होटलबालीलाई सोध्नुहोस् । धनुषा, महोत्तरी, सिरहा, सर्लाहीका आम पत्रकार यिनको बानीसंग परिचित छन् । दारु खाएर मात्तिने र होटल, रेष्टुरेन्टमा रात बिताउने अनिलको पुरानो बानी नै हो । जनकपुृर, जलेश्वर र काठमाडौंसम्म यिनी दारुबाजका रुपमा चिनिन्छन् ।
पछिल्लो पटक नेपालवानको स्क्रिनमा देखिन थालेपछि अनिलले आफ्नो छोडेनन् । उनीसंग निकट रहेर काम गरेकाहरु भन्छन् जनकपुर र काठमाडौंमा केही भिन्नता देखिएन । जनकपुरको मानकी होटेलकी रिसेप्सनिष्ट सुस्मिता जनकपुरमा पनि अनिलसंग थिई, काठमाडौं आउंदा पनि अनिलले उनलाई छोड्न सकेनन् । सुस्मितासंग अनिलको सम्बन्धले अनिलको वैवाहिक जीवन तहस नहस हुने अबस्थामा पुगेको थियो । अनिलका छोराछोरीले नै अनिललाई मोटीकी पोइ भनेर बोलाउन थालेका छन् । त्यो मोटी अरु कोही हैन सुस्मिता छिन् । श्रीमतिबाट मात्र हैन सन्तानले नै गाली गर्न थालेपनि अनिलले परस्त्रीगमन छोडेनन् ।
अनिलले जनकपुरमा पत्रकारिता गर्दा नै कति युवतीसंग शारीरीक सम्पर्क बनाइ बर्बाद पारेको थाहा हुन आएको छ । जनकपुरको एक स्थानीय पत्रिकामा कार्यरत रहंदा उनले महोत्तरी जिल्लाकी एक युवतीलाई गर्भ नै बोकाएका थिए । त्यसका अतिरिक्त पनि यिनले जहाँ जसरी पाए कुनै केटीलाई छोडेनन् । कहिले नयाा संस्था गठन गर्ने नाममा त कहिले पत्रिकामा जागिर लगाइदिन्छु भनेर केटी फसाउने अनि उसको अस्मिता लुटने ।

केटी र रक्सीको पछि पछि.....
दारु र केटीकै कारण अनिल कुनै संचारसंस्थामा टिक्न सकेनन् । अनिलले होटेलमा कुटाइ खाएको घटना सम्झ“दै एकजना पत्रकारले भने –उसको अनुहारमा निलडाम भएको देखेकै हो ।
पहिला पैसा, पेट्रोल नभए साँझको खर्चा 
अनिल ती पत्रकारमा पर्छन् जो संचारसंस्थाले दिएको भन्दा आफैले असुलेको रकमले बांच्छन् । धनुषा, महोत्तरीमा सरकारी कार्यालयका प्रमुख रहिसकेका एकजना कर्मचारीले भने – अनिल कर्ण कार्यालयमा आए भने हामी बुझ्छौं समाचारका लागि हैन, पैसा माग्न वा डिजल, पेट्रोल, गाडी माग्न आएको हो । काठमाडौंमा नेपालवानमा कार्यरत रहंदा पनि यिनले जनकपुर, जलेश्वरका कार्यालयबाट पैसा उठाउन छोडेनन् । समय समयमा जिल्ला जाने र सकभर पैसा नभए पेट्रोलको कुपन मागेर ल्याउने ।
( तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? यसमा तपाईंलाई केही अझै थप्नु छ ? यस इमेलमा प्रतिक्रिया पठाउनुहोस् pravaktaji@gmail.com। तपाईंले चाहेमा तपाईंको परिचय गोप्य रहनेछ ।)
 

1 comment:

  1. Anil lai hatayera ekdum thik gareko cha. Tyo ta kalanka ho patrakar ko namma

    ReplyDelete

तपाईं आफ्नो विचार राख्न चाहनु हुन्छ ?